• बैशाख २२ २०८३, मंगलवार

नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौँ। नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

बारको निर्वाचन आगामी चैत १९ गते हुँदै छ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेसँगै बारले २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न लागेको हो।

बार कार्यसमितिमा १ अध्यक्ष,८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था रहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार बार निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुनेछन्।