काठमाडौँ। सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बिजुलीबजारमा बस्ने लागेको हो ।
आजको बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल हुनेछ।
अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक-फरक मत र विवाद देखिएपछि छलफलका लागि सचिवालयको बैठक बोलाइएको हो ।
नेकपा (एकीकृत समाजवादी) को शनिबार बसेको स्थायी कमिटीले एमसिसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको थियो।
पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न नसकिने बताएका थिए । उनले एमसिसीको विरोधमा भएको प्रदर्शनप्रति प्रहरी हस्तक्षेपको पनि विरोध गरेका छन् ।
यस्तै सम्मानित नेता झलनाथ खनालले आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न दिएको भन्दै कडा प्रतिक्रिया जनाएका थिए। उनले सदनमा एमसिसी टेबल हुँदासमेत उठेर विरोध गरेका थिए।