• बैशाख २२ २०८३, मंगलवार

एमसीसीको बहानामा नेपाललाई ट्रयापमा पार्ने काम गरिएको छ : झलनाथ खनाल

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीको बहानामा नेपाललाई ट्रयापमा पार्ने काम गरिएको बताएका छन् ।

संविधानविपरीत एमसीसीलाई सदनमा पारित गर्न नहुने पनि जिकिर गर्दै नेपाललाई ट्रयापमा पार्ने काम गरिएको बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरूलाई दुनियाँको कुनै पनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताए ।