• बैशाख २२ २०८३, मंगलवार

एमसिसी सम्झौता टेबल हुनु आपत्तिजनक : भीम रावल

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताको विषयमा मौन रहे पनि पार्टी सदस्य भीम रावलले सन्धि सम्बन्धी  कानुन नहुँदै एमसिसी पेश गरिएकोमा गम्भीर आपत्ति जनाएका छन्।

आइतबार दिउँसो प्रतिनिधि सभाको बैठक शुरु भएपछि समय मागेर बोल्दै नेता रावलले भने,‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला टेबल कसरी हुन सक्छ ? यो विषय नेपालको स्वाधीनता‚ स्वाभिमान र आत्मनिर्णयसँग सम्बन्धित भएकाले यसमा राष्ट्रिय सहमति र नेपाली जनताको भावना विपरीत टेबल गरिने कुरा आपत्तिजनक छ ।’

एमसिसी सम्झौता स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको स्वाधीनताविरुद्ध भएको उनले बताए ।