काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता टेबल गर्ने सहमति भएपछि त्यसको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन चर्किएको छ । एमसिसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीले सडकमा लगाएको बार हटाएर आगाडी बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ भने विरोधकर्ताहरुले ढुंगा हानाहान गरेका छन्। केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँबानेश्वोर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौँको यातायात आवागमन प्रभावित भएको छ।