ओमप्रकाश गुप्ता, लमही । दाङको देउखुरीमा नेपाली सेनाले प्रेसर कुकर बम निष्कृय पारेको छ । नो एमसिसी लेखेर पूर्वपश्चिम राजमार्ग किनारमा अज्ञात समुहले प्रेसर कुकर बम राखेको थियो ।
लमही नगरपालिका वडा नम्बर ७ स्थित पूर्व–पश्चिम राजमार्गको पद्मिनी खोला नजिकै सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय गरेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
सडक किनारमा बम राखेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठको समूह घटनास्थल पुगेको थियो ।
प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखेर विद्युतका तारले जेलेर सडक किनारमा राखेको उक्त बमलाई रणसिंह दल गण घोराहीको बम डिस्पोजल टोलिका मेजर सन्तोष खत्रीको कमान्डमा पुगेको टोलीले बिहान करिब साढे एघार बजे डिस्पोज गरेको हो ।