• बैशाख २२ २०८३, मंगलवार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौँ। सत्ता गठबन्धनको बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना (एमसिसी )सम्झौतामा सहमति खोज्ने प्रयासमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर आघि बैठक शुरु भएको हो।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई उपस्थित छन् ।

एमसिसीबारे साझा धारणा बनाउने प्रयासमा यसअघि पनि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकले आइतबारको बैठक निर्णायक हुने जनाएको थियो । त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ ।