दाङको लमहीमा शङ्कास्पद वस्तु फेला परेको छ । लमही रिहार सडक खण्ड अन्तर्गत लहमी नगरपालिका-७ को पद्मिनी खोलादेखि २ सय मिटर पश्चिम सडक छेउमा प्रेसर कुकरमा तारले जेलिएर राखिएकाे अवस्थामा शङ्कास्पद वस्तु फेला परेको हाे । प्रेसर कुकरमा नो एमसीसी लेखिएको छ ।
शनिबार राति सवारी चालकले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले घटनास्थलमा नेपाली सेनाकाे बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना रहेका छन् । अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी एकतर्फी मात्रै सञ्चालन भइरहेकाे प्रहरीले जनाएकाे छ।