• मंसिर ९ २०८१, आईतवार

एमाले पनि एमसीसीकै पक्षमा, संसदमा टेबल गर्न दिने

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए ।

सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । हामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेस गरौं भनेका थियौुं, अध्यक्ष ओलीले भने, संसद्ले नै निर्णय गर्छ ।

संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ? निर्णय गर्ने ठाउँमा त पुयाइदिऔं । उनले सत्ता गठबन्धनमा रहेकाहरूले नै एमसीसी सम्झौता गरेको बताए ।

अहिले सरकारमा जो छ उनीहरूले नै ५ वर्षअघि एमसीसीमा सम्झौता गरे, उनले भने, एमसीसीलाई ठगी खाने भाँडो बनाउँदै छन् । एमालेलाई सरकारबाट हटाएपछि पास गछौँ भनेर पर सार्दै-सार्दै लगे ।

गठबन्धनले अन्तर्राष्ट्रिय तथा विदेश सम्बन्धलाई तहसनहस पारेको आरोप ओलीले लगाए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।