• बैशाख २२ २०८३, मंगलवार

सभामुखज्यु एमसीसी सदनमा टेबल गर्नुस्, त्यँही फैसला हुन्छ : एनपी साउद

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य एनपी साउँदले एमसीसी सदनबाट जसरी पनि अनुमोदन गर्नुपर्ने बताएका छन ।

कन्चनपुरको कृष्णपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पढे लेखेका र बुझेकाहरुले यसको बिरोध नगरेको उनको जिकिर छ।

‘सदनमा लैजान नै पाइन्न भन्न पाईन्छ, प्रजातन्त्रमा,’ उनले भने,’ सभामुखज्यु सदनमा टेबल गर्नुस त्यँही फैसला हुन्छ।’ उनले प्रश्न गर यदी एमसीसी राष्ट्रघाती भए देउबाले हस्ताक्षर कसरी गरे त, के देउबाले राष्ट्रघाती सम्झौता मा हस्ताक्षर गर्छन् होला त ?

उनले स्थानिय निकायको निर्बाचनको मिती सरकार घोषणा गरिसकेकाले अब त्यसको तयारी जुटन कार्यकर्तालाई  निर्देशन दिए । साउँदले गत निर्बाचनमा पार्टी भित्रको अन्तरघातको कारण धेरै ठाउँमा पार्टीका उम्मेदवार हारेको बताए।