काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने बताएका छन् । शनिबार भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धन अब धेरै टिक्न नसक्ने बताए।
‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उनले भने, ‘बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।’
मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमालेको सरकार चाहिने उनले बताए। चुनावमा जालझेल गर्न नहुने र राज्यका संयन्त्र निष्पक्ष हुनुपर्ने उनको आग्रह थियो ।