• बैशाख २२ २०८३, मंगलवार

एमसिसी संसदमा लैजान नरोक्ने एकीकृत समाजवादीको निर्णय

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा पेश गर्न दिने निर्णय गरेको छ । शनिवार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसिसी पेश गर्न नरोक्ने निर्णय गरेको हो।

एमसिसीलाई संशोधन गरेर मात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘टेबुल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसदमा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने ।

तर, एमसीसी संसदमा लैजानको लागि सहमति हुनुपर्ने र संसदको अवरोध हट्नुपर्ने उनले बताए । संसदको अवरोध हटेमात्रै एमसीसी टेबुल गर्ने वातावरण बन्ने बारेमा बैठकमा छलफल भएको उनको भनाइ छ।

जबरजस्ती टेबुल गर्न नदिन पार्टीले प्रयास गर्ने तर, त्यसो गरिए आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको बताए ।