काठमाडौं । सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए । तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ ।
प्रधानमन्त्रीले जबर्जस्तीु संसद्मा पेस गरे ‘सत्ता छोड्नेु निर्णय उसले गरिसकेको छ । जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा खुलेर लागेका कारण उपेन्द्र यादवलाई एमसीसीको विपक्षी कित्तामा उभ्याउने प्रयत्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रियाशील छन् ।
गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ुएमसीसीका कारण गठबन्धन नभत्कियोस् भनेर बीचको बाटो खोजिरहेका छन् । राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ ।
गठबन्धनको शुक्रबारको बैठकमा सहमति नजुटेपछि आइतबार फेरि छलफल गर्ने र त्यो बेलासम्म संसद् बैठक स्थगित गर्ने निर्णय गरिएको थियो ।
त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा कांग्रेस बाहेकका गठबन्धनका तीन पार्टीको बैठक बसेको थियो । उक्त बैठकले गठबन्धन कायमै राख्नुपर्ने र आफूभित्र सहमति जुटाउन संसद् बैठक केही दिन पर सार्ने प्रस्ताव प्रधानमन्त्रीसँग गर्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रधानमन्त्री निवास बालवाटारमा गठबन्धनको बैठक बसेको थियो । छोटो समय मात्रै बसेको उक्त बैठकमा दलहरूले आ(आफ्ना अडान दोहोराए । बैठकको प्रारम्भमै प्रधानमन्त्री देउवाले के धारणा ल्याउनुभयोु भनेर गठबन्धनका नेताहरूलाई सोधेका थिए ।
पार्टीको स्थायी कमिटीको बैठक छ, आइतबार सम्म पर्खिदिनुस् भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समय माग्नुभयो, स्रोतले भन्यो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने साथीहरूको अडान कायमै छ भन्ने जवाफ दिएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालको अनुरोधसँगै फागुन ८ गने फेरि बस्ने भन्दै नेताहरू बैठकबाट हिँडेका थिए । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।