• बैशाख २२ २०८३, मंगलवार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौं ।  सरकारले आज (शुक्रबार)  मन्त्रिपरिषद् बैठकले गरेका निर्णय  सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हिजो (बिहीबार) मन्त्रिपरिषद् बैठकले गरेका  विभिन्न ११ निर्णय आज सार्वजनिक गरेका हुन् ।

सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्व तयारीको लागि विश्व बैंकबाट  २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्विकार्ने निर्णय गरेको छ ।

सरकारले यसअघि पनि विश्व बैंकबाट कोभिडविरुद्धको खोप खरिदका लागि ऋण सहायता स्वीकार गरेको थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णय :