• बैशाख २२ २०८३, मंगलवार

रूपन्देहीबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार 

फाल्गुन ६ २०७८, शुक्रबार

 

रुपन्देही । रूपन्देहीबाट अपहरणमा परेका दुई बालबालिकाको झापाबाट उद्दार गरिएको छ ।

सैनामैना नगरपालिका ६ स्थित पुष्पा दाहालका छोराछोरी १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रशन्न दाहाल बिहीबार बिहान सैनामैनास्थित प्रभात बोर्डिङ स्कूल हिडेका थिए ।

 उनीहरुलाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उद्दार गरेको हो ।  बिहीबार साँझ छोराछोरी घरमा नआएपछि परिवारले विद्यालयमा फोन गरेका थिए। विद्यालयले विद्यार्थी स्कुल नआएको बताएपछि अपहरणमा परेको पुष्टि भएको थियो। 

रूपन्देही प्रहरीले बालबालिका अपहरणमा परेको सूचना पाउने बित्तिकै देशभर विशेष अनुसन्धान टोली परिचालन गरेको थियो। ‘आफूलाई नजिकको आफन्त बताउँदै विद्यालयको बसलाई मुर्गियामा रोकेर फोटो खिच्न छ भनी बालबालिकालाई झारेर अपहरण गरी लगेको देखियो’ प्रहरीले बताए ।