• बैशाख २२ २०८३, मंगलवार

अमेरिकाले नेपालसँग ‘धम्की कूटनीति’ सुरु गर्‍याे : चीन

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ। उत्तरी छिमेकि राष्ट्र चीनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले नेपालसामु दबाब दिइरहेको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चीनको परराष्ट्र मन्त्रालयले एमसिसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’

अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसिसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे पत्रकारले चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।

नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले बताएको छ ।