काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । सन्देशमा उनले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् ।
शुभकामना सन्देशमा शाहले भनेका छन्,‘प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाइदिएको असमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ र प्रलोभनमा पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फर्त एवम् लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्याई रहेको छ, विचारणीय प्रश्न छ ।”
यस्तो छ विज्ञप्ति :
