काठमाडौँ। प्रतिनिधिसभाकाे शुक्रबारको बैठक सकिएकाे छ । संसद बैठक सुरु भए लगत्तै केहीबेरपछि स्थगित भएको हो ।
बैठकको प्रारम्भमा अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेका थिए । तर लगत्तै एमालेले संसदमा नारावाजी गर्न थालेका थिए ।
त्यसपछि सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।
मन्त्री बडुले प्रतिवेदन पेस गरे लगत्तै संसद बैठक स्थगित भएको जानकारी दिँदै सभामुखले फागुन ८ गते दिउसो १ बजे अर्को बैठक बस्ने जानकारी गराएका थिए ।