• बैशाख २१ २०८३, सोमबार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक सुरू भएको छ।

एमसिसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो। बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।

उक्त बैठकले एमसिसी अहिले संसदमा पेस गर्न सक्ने वातावरण नभएको निष्कर्ष निकालेको बताइएको छ।