• बैशाख २१ २०८३, सोमबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक स-यो

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा उनीहरुबीच अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसिसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।

हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसिसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसिसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो ।

आज दिउँसो ३ बजेका लागि तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक  बेलुका ५ बजेका लागि सरेको छ ।