• बैशाख २१ २०८३, सोमबार

एमालेको नाराबाजीका कारण संसद बैठक स्थगित

फाल्गुन ४ २०७८, बुधबार

प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजीमा उत्रिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भने लगत्तै एमाले सांसदहरु रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।