काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटीको बैठक बोलाएको छ।
पछिल्ला समसामयिक घटनाक्रमको विषयमा छलफल गर्न फागुन ७ गते स्थायी कमिटीको बैठक बोलाइएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
बैठकको मिति तय भए पनि स्थान र समयको टुंगो भइनसकेको उनले बताए।
बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी, प्रधानन्यायाधीशविरुद्धको महाभियोग, स्थानीय तहको निर्वाचन, पार्टीको संगठन निर्माणलगायतका विषय छलफल हुने जनाइएको छ।