• मंसिर ७ २०८१, शुक्रबार

१५ करोड वर्ष पहिले डायनोसरलाई पनि भएको थियो फोक्सोमा संक्रमण

फाल्गुन २ २०७८, सोमबार

डाइनोसर फोसिलमा गरिएको एक अनुसन्धानले यी जीवमा अर्थराइटिस र क्यान्सर भएको पत्ता लगाएको थियो ।

हालै साइन्टिफिक जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धानमा उनीहरुलाई चिसो लाग्ने र ज्वरो आउने पनि पत्ता लागेको छ । वैज्ञानिकका अनुसार डाइनोसर फोक्सोमा हुने संक्रमणबाट पनि धेरै नै समस्यामा पर्ने गर्थे ।

वैज्ञानिकले यो रोगको बारेमा एक डली नामको डाइनोसरको जीवाश्मामा भेटाएका थिए । यो जिवाश्मा जुरासिक अवधिको हो । १५ करोड वर्ष पहिले जीवित यो डाइनोसर शाकाहारी र सारोपोड्स प्रजातिको थियो ।

यो युवा डाइनोसर लगभग १८ मिटर लामो थियो र यसको गर्धन पनि लामो थियो । १५ वर्षको उमेरमा यसको मृत्यु भएको थियो । यसको जिवाश्मा पहिलो पटक अमेरिकाको मान्टानामा सन् १९९० मा पाइएको थियो ।

अमेरिकाको मोन्टानामा अवस्थित ग्रेट प्लेन्स डाइनोसर म्यूजियममा पेलियोटोलोजीका निर्देशक क्यारी वुडरफले भनेका छन्,‘उनको टोलीले डालीको गर्धनको हड्डी परीक्षण गरेको थियो ।’

यी मध्ये तीन हड्डीको आकार केही फरक थियो । वैज्ञानिका अनुसार यो हड्डी कुनै किसिमको डाइनोसरको स्वासतन्त्रसँग जोडिएको हुने गर्दथ्यो । सीटी स्क्यान गरेपछि डलीको फोक्सोमा संक्रमण फैलिएपछि हड्डीसम्म पुुगेको थाहाँ हुन आएको छ ।

वुुडरफ भन्छन्,‘संक्रमणको अवधिमा डाइनोसरलाई कुनै बिरामी मानिसको जस्तै खोकी, हाच्छिँउ र ज्वरो आएको हुन सक्थ्यो । शोधमा वैज्ञानिकले डलीको तुलना आजको समयको चरासँग गरेका छन् । किन कि दुवैको सास लिने तरिका समान छ ।

डलीलाई एस्परजिलोसिसको संक्रमण भएको कुराको प्रमाण उनीहरुले प्राप्त गरेका छन् । यो एक किसिमको फंगल इन्फेक्सन पनि हो । जुन मोलल्कण सुुघ्ने कारण हुन सक्छ । वैज्ञानिकका अनुसार यो बिरामी डाइनोसरको मृत्युको कारण बनेको थियो । यद्यपि संक्रमित भएपछि उसको मृत्युु तुुरुन्त भएको थियो वा केही दिनपछि, यो भन्न मुश्किल छ ।

मृत्युभन्दा पहिले डाइनोसर कमजोर र लाचार अवस्थामा पुगेको थियो । वुडरफका अनुसार उनी कुनै दोस्रो डाइनोसरसँग यति सम्बन्ध महसुस गर्दैनथे जत्तिको डलीसँग गर्दथे । उसलाई पनि सोही विमारी भएको थियो जुन आज हाम्रा लागि सामान्य छ ।

वुडरफका अनुसार संक्रमणको अवधिमा डाइनोसर अत्यन्त कमजोर भएको थियो । ऊ एक्लो र लाचार थियो ।