काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवेग र प्रतिशोधमा नभई सुझबुझपूर्ण निर्णय गर्ने बताएका छन्।
नयाँ बानेश्वरस्थित ल्होत्से भवनमा भएको एमाले संसदीय दलको बैठकमा उनले एमाले सांसदहरूको धारणा सुनेपछि उक्त प्रतिक्रिया दिएका हुन् ।
‘अहिले महाअभियोगको कुरा गरेर स्थानीय चुनाव टार्ने षड्यन्त्र हुँदैछ, प्रतिशोध स्वरुप हामीले त्यस्तै गर्ने काम हुन्न। नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने।
यसअघि आइतवार साँझ बसेको एमाले सचिवालय बैठकले महाभियोगको ‘काउण्टर’ जवाफ दिने निर्णय गरेको थियो । एमालेका कतिपय सांसदले चार न्यायाधीशविरुद्ध पनि महाभियोग आउन सक्ने संकेत गरेका थिए ।
सोमबार बिहान ११ बजेपछि बानेश्वरमा सुरु भएको संसदीय दलको बैठक अहिले पनि जारी छ ।