• बैशाख २१ २०८३, सोमबार

सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग लागाउने तयारीमा एमाले

फाल्गुन २ २०७८, सोमबार

काठमाडौँ। सत्तारुढ दलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाभियोग लगाउने तयारी गरेको छ।

एमालेले प्रतिनिधि सभा पुनः स्थापना गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको हो।

तर त्यसभन्दा अघि आज बस्ने एमाले संसदीय दलको बैठकले ठोस निर्णय गर्ने बताइएको छ।