• बैशाख २१ २०८३, सोमबार

सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित, ४ गते बस्ने

फाल्गुन १ २०७८, आईतवार

काठमाडौँ। सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन्।

‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’ जारी सूचनामा भनिएको छ