काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको भन्दै स्थगित भएको हो।
यसअघि माघ ८ गते बोलाइएको बैठक पनि कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको थियो।