काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। ।
बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल भएको हो ।
भेटमा समसामयीक राजनीति, एमसिसी र स्थानीय चुनावका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
यसअघि आजै बिहान काँग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो ।