• बैशाख २१ २०८३, सोमबार

एमसिसीको विरोधमा राजधानीमा ७ दलको प्रदर्शन

माघ २६ २०७८, बुधबार

काठमाडौँ। अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको छ । बुधबार माइतीघरमा ७ राजनीतिक दलले सयुंक्तरुपमा प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले सयुंक्त रूपमा प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनको -र्याली माइतीघरबाट शुरु भएर नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको  छ ।

प्रदर्शनमा ‘एमसिसी खारेज गरौं’ , ‘गो ब्याक एमसिसी’ , ‘वैदेशिक हस्तक्षेप बन्द गरौं’ जस्ता नारा लगाइएको थियो ।