• बैशाख २१ २०८३, सोमबार

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

माघ २५ २०७८, मंगलवार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। मंगलबार हेटौंडा पुगेर अध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताएका हुन् ।

थापाले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको बताएका छन् ।

थापाले पार्टीबाट अलग भए पनि राप्रपाका साथीसँग आफ्नो वैरभाव नभएको प्रष्ट परेका छन् ।