• मंसिर ९ २०८१, आईतवार

राप्रपा फुट उन्मुख : राजसंस्था छोडेर हिन्दूवादी दल खोल्ने तयारीमा कमल थापा

माघ २५ २०७८, मंगलवार

काठमाडौं । कमल थापाले हिजो (सोमबार) नै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर अध्यक्ष लिङ्देनले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन् ।

‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन’, अध्यक्ष थापाले भेलामा भने,’ मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु । यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु । त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ ।’

भेलामार्फत नै थापाले अध्यक्ष लिङ्देनलाई तीनवटा माग पूरा गर्न अल्टिमेटमसमेत दिएका छन् । ती माग सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी पनि उनले दिएका छन् । थापाको नयाँ यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने उनको तयारीसँग जोडेर हेरिएको छ ।

सोमबारको भेलामा अध्यक्ष थापाले स्थानीय तह निर्वाचनअगावै आफ्ना माग पूरा गर्न अल्टिमेटमसमेत दिएका थिए ।

‘स्थानीय चुनाव सरकारले घोषणा गर्नुअगाडि नै हामीले उठाएका तीन विषयमा छलफल गरेर निराकरण हुँदैन र समाधान खोज्नतर्फ लागिएन भने हामी बाध्य भएर विकल्पमा जानुपर्छ,’ थापाले भनेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।