• मंसिर ९ २०८१, आईतवार

अब नागरिकता स्थानीय तहबाटै वितरण गरिने, जिल्ला प्रशासन कार्यालय धाउन नपर्ने

माघ २५ २०७८, मंगलवार

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो ।

कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ ।

त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ । गृह प्रशासन सुधार कार्ययोजना नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले तयार पारेको हो ।

गृह मन्त्रालयमा आयोजित कार्ययोजना सार्वजनिक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले १० विषयमा गृह प्रशासन सुधारका लागि २ सय ६ क्रियाकलाप तयार गरिएको बताउँदै स्थानीय तहबाट नागरिकता प्रदान गर्नेगरी योजना समावेश गरिएको जानकारी दिएका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।