• मंसिर ८ २०८१, शनिबार

विद्यार्थी नेता अधिकारीको पहलमा असहायलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

माघ २४ २०७८, सोमबार

कालिकोट । कालिकोटमा बृद्ध तथा असहाय र बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।

जिल्लाको महावै गाउँपानलिका–७ निवासी अनेरास्ववियु (क्रान्तिकारी)का कालिकोट जिल्लाको सचिवालय सदस्य राजन अधिकारीको अनुरोधलाई स्विकार्दै कनेक्सन ई नेपाल काठमाडौं पानीपोखरीका म्यानेजिङ्ग डाईरेक्टर राजु विसंखे र प्रेमपूर्ण प्रताप फाउन्डेसनका संरक्षक तथा समाजसेवी पदमा प्रधानले उपलब्ध गराएको सामग्री महावै गाँउपालिका वडा नं ७ राम्नी कोटबाडाका १२५ जना अशक्त, बृद्ध, असहाय, आमाबुवाका लागि न्यानो कपडा र १०० जना गरिब, दुखी र सहिद परिवारका बालबालिकालाई शैक्षिक सामाग्री (कापी-कलम) वितरण गरियो ।

सामग्री वितरण कार्यक्रम नेकपा माओवादी केन्द्रका वडा कमिटी इन्चार्ज नन्दकिशोर चौलागाईंको अध्यक्षता र राहत सामाग्री वितरणकर्ता नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य शान्त नेपालीको प्रमुख आथित्यतामा भब्यरुपमा गरिएको छ ।

उक्त कार्यक्रममा एमालेबाट प्रतिनिधित्व गर्दै जयप्रसाद अधिकारी, नेपाली काङ्ग्रेसबाट कृष्णप्रसाद अधिकारी लगायत वडाका सम्पूर्ण नेता तथा अग्रज ब्यक्तित्वको  आतिथ्यतामा न्यानो कपडा वितरण कार्य सम्पन्न भएको पहलकर्ता राजन अधिकारीले जनाउनु भएको छ ।

केही सममयअघि मात्रै महावै गाँउपालिकामा स्वास्थ शिविर सञ्चालन गरेर ७ सय भन्दा बढी लाभदायक भएको एक महिनाभित्रै अधिकारीकै पहलमा महावै ७ का गरिब, बृद्ध अवश्थाका असहाय र अपांग तथा एकल महिला गरि जम्मा १२५ जना र गरिब, दलित बालबालिका १०० जनालाई राहत वितरण भएको छ ।

छोटो समयमा अधिकारी समाजसेवामा निकै राम्रा काम गर्दै आउनु भएको छ । उक्त कार्यक्रममा लाभ लिन आउनु भएका बृद्ध अवश्था दलित, अपांग असहायहरुले चिसो हिउँ पर्ने समयमा न्यानो कपडाले आफूलाई ठूलो राहत पुगेको बताए ।

सामग्री पाएपछि सामग्री दाता अमेरिका रहेका पदम प्रधान र राजु बिसंख आफूहरुको लागि भगवान सरह भएको सामग्री पाउनेहरुको भनाइ रहेको छ । उक्त कार्यक्रममा बोल्ने अतिथिहरुले राजन नै अब वडाबासीको आशा बनेको र सहयोगी हातहरु वडासँग जोड्ने पुल बनेको बताए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राहत समाग्री ल्याएर आउनु भएका दोलखा निवासी शान्त नेपालीले कालिकोट जिल्लाको लागि र महावै ७ नं वडाको लागि हरेक समय अझै सहयोग गर्ने र निरन्तर सम्पर्कमा रहने बताउनु भयो ।

उक्त कार्यक्रम स्वस्थ्य मापदण्ड अपनाएर धेरैले भिडभाड नगरी गरेको अधिकारिले बताउनु भयो । उक्त कार्यक्रमको आयोजक नेकपा माओवादी केन्द्र महावै ७ वडा कमिटी रहेको थियो ।