काठमाडौं । एमसीसीमा गठबन्धनभित्रकै दलको समर्थन लिन असहज अवस्था बन्दै गएपछि प्रधानमन्त्री देउवाले छिनोफानो गर्न भन्दै सरकारमा रहेका प्रभावशाली मन्त्रीहरूलाई आफ्नो दूतका रूपमा दुवै दलका अध्यक्षसँगको संवादमा खटाएका छन् ।
तर, दुवै दलका अध्यक्ष विवादित विषय संशोधन नगरी यथास्थितिमा एमसीसी अघि बढाउन नहुने पक्षमा उभिँदै आइरहेका छन् ।
देउवाले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग संवादका लागि नेताहरू पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रचण्ड निवास खुमलटार पठाएका थिए ।
बुधबार भने गृहमन्त्री बालकृष्ण खाँण नेकपा एसका अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् । तर, भेटमा के भयो भन्ने आधिकारिक रूपमा केही खुलाइएको छैन ।
सत्तारूढ अन्य दल सहमत नभएमा एमालेसँग मिलेर भए पनि एमसीसी पास गराउने रणनीतिमा प्रधानमन्त्री देउवा अघि बढेको उनीनिकट नेताहरू बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।