• मंसिर ९ २०८१, आईतवार

गठबन्धन भत्काउन ओली उद्यत, प्रचण्ड-नेपाल जोगाउन दौडधुप र प्रधानमन्त्री देउवा चुप

माघ २० २०७८, बिहीबार

काठमाडौं । एमसीसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरुबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कालाई फकाउन थालेका छन् ।

काँग्रेसका नेताहरु बुधबार दिनभर सत्ताघटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे ।

यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधूप गरे ।

काँग्रेसका नेताहरुले बुधबार दाहाल र नेपालसँग बेग्लाबेग्लै भेट गरे । दाहाल र नेपालले बिहान बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे ।

प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसीसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरुबीच खटपट उत्पन्न भएको छ ।

खटपट बढ्दै गए स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन टुट्न सक्छ । यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन् । यो समाचार नागरिक दैनिकमा छ ।