• बैशाख १९ २०८२, शुक्रबार

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

माघ १९ २०७८, बुधबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्न लागेको हो।

आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजको केन्द्रीय सचिवालय बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार आजको बैठककाे निर्णय तथा छलफलका आधारमा एमालेको भावी कार्यदिशा तय हुने छ । कोरोना महामारीका कारण सचिवालय बैठकमार्फत निर्णय गर्नु परेको एमालेले जनाएको छ ।

एमालेको केन्द्रीय सचिवालय अध्यक्ष ओलीसहित १९ सदस्यीय रहेको छ ।