काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन्।
यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै सामाजिक सञ्जालमार्फत उनले सर्वसम्मतीले एमसिसी पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,’एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् ! देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस!’