काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ ।
अध्यक्ष ओली कोरोना भाइरस संक्रमित भएको बेलामा आइसोलेसनमा बस्नुपर्ने समयमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि आलोचना भइरहेकोे थियो ।
अध्यक्ष ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गर्न अस्वीकार गरेको छ । संक्रामक रोग ऐनविपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो ।
तर, प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।