काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो।
बैठकमा आगामी निर्वाचन र गठबन्धनको रणनीतिका विषयमा छलफल हुँदैछ।
भर्खरै शुरु बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेता सहभागी छन् ।
यसअघि आज बिहान बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि बैठक पुन:बस्ने तय भएको थियो।