काठमाडौँ। सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक शनिबार अपराह्न ४ बजे फेरि बस्ने भएको छ।
आज बिहान गठबन्धनका नेताहरूबीच स्थानीय निकायको निर्वाचनबारे बैठक बसेको थियो। तर, बैठक ठोस निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे प्रस्ताव राखेको भए पनि सहमति नजुटेको बालुवाटार स्रोतले जनाएको छ।
चुनाव कहिले गर्ने भन्नेबारे गठबन्धनले कानुनविद्सँग छलफल गरी अपराह्न फेरि बैठक बस्ने बताइएको छ।
बैठकमा जनमोर्चाबाहेक सबै सत्तारुढ दलका शीर्ष नेता सहभागी थिए।