काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि गत शुक्रबार नेपाल मेडिसिटी अस्पताल भर्ना भएर आईसीयूमा उपचार गराइरहेकी दाहाल मंगलबार डिस्चार्ज भएकी हुन् ।
आइसीयूमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले उनलाई घरजाने सल्लाह दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले जानकारी दिए।
दाहालको उपचारमा वरिष्ठ नशारोग विशेषज्ञ डा. बाबुराम पोखरेल नेतृत्वको टोली खटिएको थियो।