काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो आग्रह गरेको हो।
विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ।
सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति :