काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा एसाक खान ईब्राहिम खान रहेका छन्।
आइतबार फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेका यात्रु एसाक खान ईब्राहिम खानले लिएका ब्यागेजलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्सरे मेशिनद्वारा तथा म्यानुअल चेकजाँच गर्नेक्रममा अवैध मुद्रा फेला परेको हो।
उनको साथबाट अमेरिकी डलर १५ हजार १, साउदी रियाल ६१०ओमनी रियल ३६, यूएर्य दिराम ९२० र भारतीय रुपैयाँ २ हजार बरामद भएको प्रहरीले जनाएको छ।
सो मुद्रा लुकाई छिपाइ अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।