• बैशाख १७ २०८२, बुधबार

काठमाडौँको कोटेश्वरबाट पठाओ चालक अपहरित, दुई जना पक्राउ

माघ ९ २०७८, आईतवार

काठमाडौं । काठमाडौँको कोटेश्वरबाट एक जना पठाओ चालक अपहरित भएका छन् ।

शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले पठाओ चालकलाई धापाखेल पु¥याइ अपहरण लुटपाट गरेका हुन् ।

महानगरीय प्रहरी परिसरका अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर दुई व्यक्ति फरार भएका थिए ।

आइतबार बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका चालक काठमाडौंका २५ वर्षीय प्रविन राइलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।

रातिबाट थालिएको अनुसन्धानका क्रममा आइतबार बिहान बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको छ।