• मंसिर ८ २०८१, शनिबार

सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई-सेवा शुभारम्भ

माघ ८ २०७८, शनिबार

काठमाडौं । इ–क्याबले यात्रुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–सेवा शुभारम्भ गरेको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् । यो नेपालकै पहिलो क्युआर कोड सहितको एप्मार्फत् दिइने सेवा हो । यसमार्फत् सेवाग्राहीले डिजिटल भुक्तानी वा सोझै नगद भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यो सेवा बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिका लगायतका विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने जनाइएको छ ।

पासवर्ड सहितको यो एप प्रयोगका लागि २ तहको अधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ, जुन सहज र सुरक्षित छ । यात्रा सुरु गर्नु अगाडि cufl8 (Ride verification code) निश्चित गर्नुपर्ने हुन्छ । नयाँ प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दैछ, साथी र परिवारले एसएमएस वा इमेलबाट तत्काल जानकारी प्राप्त गर्न सकिनेछ ।