• मंसिर ९ २०८१, आईतवार

सत्ता गठबन्धनमा नयाँ ट्विस्ट : बैशाखमा संघ र कात्तिकमा स्थानीय तहको निर्वाचन

माघ ६ २०७८, बिहीबार

काठमाडौं । निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसद्को निर्वाचनको विषयले प्रवेश पाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाखरजेठमा संसदीय र कात्तिक, मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।

माघ पहिलो साताभित्रै मिति नतोकिए स्थानीय तहको निर्वाचन वैशाखमा गर्न कठिन हुने भन्दै निर्वाचन आयोगले सरकार र दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

स्थानीय तहको निर्वाचन वैशाखमा सकेर जेठ पहिलो साता नवनिर्वाचित पदाधिकारीले पदभार गरिसक्नुपर्ने कानुनी प्रावधान छ । त्यसको विकल्पमा शून्यताको परिकल्पना कानुनले गरेको पनि छैन ।

तर संविधानको धारा २२५ मा पाँच वर्ष पुगेपछि ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था भएकाले संवैधानिक व्यवस्थाको अवज्ञा नहुने दाहालको दाबी छ ।

‘अहिले निर्वाचन आयोगले जे भनिराखेको छ, त्यो ऐनको व्यवस्थाअनुसार ठीकै हो । संविधानको व्यवस्थाअनुसार पनि ६ महिनाभित्र गर्ने भनेको कात्तिक, मंसिरभित्र स्थानीय निर्वाचन गर्न सकिने बताइएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।