काठमाडौँ। स्थानीय तहको निर्वाचन सम्बन्धी तत्काल मिति घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन् ।गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका हुन्।
‘स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिने भएकोले दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।