• मंसिर ९ २०८१, आईतवार

चार किलो चामल पाउन सिडिओको तोक अनिवार्य, रासन कार्डसँग नागरिकता धरौटी

माघ २ २०७८, आईतवार

काठमाडौं । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तोक–आदेश लगाएपछि हुम्लीले प्रतिपरिवार चार केजी चामल पाउने व्यवस्था छ । यसका लागि उनीहरू चार घन्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।

चार किलो चामल लिन नागरिकताको फोटोकपी बोकेर तोक–आदेश लगाउनुपर्ने प्रावधानले सर्वसाधारण नागरिकलाई दुःख दिने काम मात्रै भएको सिमकोट गाउँपालिका–२ की जानकी भण्डारीको दुखेसो छ ।

स्थानीय तहले दिएको रासन कार्डसँग नागरिकता चामल खान धरौटी राखेजस्तै भएको उनले गुनासो गरिन् । चार किलो चामल किन्न हुम्ली नागरिकलाई महाभारत भएको स्थानीयको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चामल पाउने नागरिक नदोहोरिऊन् भनेर विवरण राख्न नागरिकताको फोटोकपी अनिवार्य गरिएको जानकारी दिए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।