• मंसिर ९ २०८१, आईतवार

राष्ट्रपति भण्डारी र पूर्वराजाले मिचे महामारीको प्रोटोकल

पुष २८ २०७८, बुधबार

काठमाडौं । कारोनाको तेस्रो लहरलाबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदरबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ ।

जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ । अझ त्योभन्दा डरलाग्दो त कुल संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा छन् ।

कोभिड९१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले आइतबार तीव्र गतिमा बढ्दै गएको संक्रमणप्रति सचेतना अपनाउन १३ बुँदे निर्देशनात्मक प्रस्ताव सरकारलाई गरेको थियो ।

त्यसको लगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको थियो । मंगलबार उपत्यका तीवटै जिल्लाका सिडिओहरुले पनि त्यही निर्देशन जारी गरेका छन् ।

तर, मंगलबार पृथ्वीनरायण शाहको जन्मजयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले भिड जम्मा गरेका छन् । सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न उनीहरू पुग्दा ठूलो भिड जम्मा भएको थियो ।

राष्ट्रपति सुरक्षाकर्मी मात्र लिएर गए पनि कार्यक्रमस्थलवरिपरि सर्वसाधारणको भिड थियो । विगतका वर्षहरूमा राष्ट्रपति यसरी नजाने गरे पनि कोरोनाकै समयमा भने यस्तो कार्यक्रममा जानुलाई सुरक्षाकर्मीले समेत अनौठो मानेका छन् ।

 

मंगलबार नै राष्ट्रपति भण्डारीले चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी थिइन् । यो समाचार नयाँ पत्रिकामा छ ।