काठमाडौँ। कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सारेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिए । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।